भारी वर्षाको सम्भावनापछि नागरिक उन्मुक्ति पार्टीको बैठक मंसिर ५ र ६ गते

680 Shares

काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक सरेको छ। कात्तिक १३ र १४ गतेका लागि तय गरिएको बैठक अब मंसिर ५ र ६ गते बस्ने भएको छ।

पार्टीका अध्यक्ष कबिर सोपका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते भारी वर्षा हुने सम्भावना रहेको सूचना जारी गरेपछि बैठक सार्ने निर्णय गरिएको हो। नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक कैलालीको टीकापुरस्थित पार्टी कार्यालयमा बस्नेछ।

बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा छलफल हुने अध्यक्ष सोपले बताएका छन्। साथै, आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारी र पार्टीको भावी रणनीतिका विषयमा पनि छलफल हुने जनाइएको छ।

बैठकले पार्टीको सांगठनिक अवस्था, आगामी कार्ययोजना र निर्वाचनकेन्द्रित गतिविधिबारे आवश्यक छलफल गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार